ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं र भक्तपुरमा मनाइयो पञ्चदान पर्व [फोटो फिचर] 

२०७९ भदौ, ९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

भदौ ९, काठमाडौं । बौद्ध धर्म मान्ने काठमाडौं र भक्तपुरका नेवार समुदायले बिहीवार पञ्चदान पर्व मनाएका छन् । पञ्चदानलाई स्थानीय भाषामा पञ्जरा भनिन्छ । यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भन्ने गरिन्छ ।

यो पर्व बौद्ध धर्ममा दानपर्वको रूपमा चल्दै आएको छ । आजका दिन चामल, गहुँ, नुन, केराउ, खीर, फलफूललगायत दान गर्दा विहार, घरआँगनमा दीपंकर बुद्धका मूर्ति, देवदेवी तथा पौवा चित्र सजाएर पञ्चदान गर्ने परम्परा छ । अहिलेको बदलिँदो परिस्थिति सँगै मान्छेहरूले आफ्नो गच्छे अनुसार दान गर्ने गरेका छन् ।

यो पर्व दानसँग सम्बन्धित भए पनि भक्तपुरमा यस पर्वमा ठूला ठूला दीपंकर बुद्धलाई कुनै प्रकारको खटमा नराखी मूर्तिको भित्र नै मान्छे बसेर जात्रा गरिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)