काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सनराइज बैंकले उपचारका सहायता सामग्री सहयोग गरेको छ । बैंकले प्रतिष्ठानलाई बिरामी बोक्ने ट्रली र ह्वील चियर सहयोग गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ । प्रतिष्ठान परिसरमा कार्यक्रम गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी हुन् । बैंकले सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ ।