ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हितग्राही ग्राहकलाई प्रभु क्यापिटलको अफर

२०७९ भदौ, १२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं । हितग्राही ग्राहकलाई लक्षित गरी प्रभु क्यापिटलले विशेष अफर ल्याएको छ । क्यापिटलले चाडवाडको अवसरमा हितग्राही ग्राहकका लागि अफर ल्याएको बताएको हो । गत बुधवार कम्पनी र टीथ्री थकाली ग्रूपबीच सोका लागि सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ । अफर अन्तर्गत क्यापिटलका हितग्राहीले टीथ्री थकाली ग्रूपका सेवामा १२ प्रतिशत छूट पाउनेछन् । अफरमा सहभागी हुने हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्ने कम्पनीको भनाइ छ । उक्त अफर सम्झौता मितिले तीन महीनासम्म रहने कम्पनीले बताएको छ । टीथ्री थकाली ग्रूपका एयरपोर्ट, महाराजगञ्ज र टोखाका शाखाहरूबाट छूट लिन सकिने पनि कम्पनीले स्पष्ट पारेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)