काठमाडौं । मोबाइल व्यवसायीका लागि नबिल बैंकले अन्तरक्रिया कार्यक्रम गरेको छ । बैंकले नेपाल मोबाइल वितरण संघको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, विक्रेता, तथा खुद्रा विक्रेतासँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा मोबाइल व्यवसायीहरूको वित्तीय साक्षरता प्रवर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट र फोन लोनका बारेमा जानकारी दिइएको थियो ।
उक्त अवसरमा नबिल बैंकका साना तथा मझौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेतले नबिल बैंकले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी गर्दै आएको बताए । बैंकले समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रम ल्याएको उनले जानकारी गराए । व्यवसायीलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गरी व्यापार विस्तारमा टेवा पुर्याउँदै आएको भन्दै उनले भविष्यमा पनि यसलाई निरन्तरता दिइने बताए । व्यवसायीलाई डिजिटल माध्यमद्वारा कारोबारमा आधारित विनाधितो तत्काल ऋण लिने सुविधा समेत बैंकले ल्याएको उनले जानकारी दिए ।