काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘तीज क्यासब्याक’ योजना सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो । उक्त योजना अन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा भुक्तानीको २० प्रतिशतसम्म क्यासब्याक दिने बताएको छ । बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फत भुक्तानीमा क्यासब्याक पाउने बैंकको भनाइ छ ।