ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सनराइज बैंकद्वारा थप शाखारहित बैंकिङ सेवा शुरू

२०७९ भदौ, १४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज बैंकले थप चार ठाउँमा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । बैंकले थप चार शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकले सिरहाको कल्याणपुर नगरपालिका–३, इटारी प्रसाहीमा र रौतहटको फतुवाविजयपुर नगरपालिका–१०, दुधिअवामा शाखारहित बैंकिङ सेवा शुरू गरेको हो । त्यस्तै सिरहाको लहान नगरपालिका–१८, शोभापुर र झापाको झापा गाउँपालिका–६, शरणामतीमा समेत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । यससँगै बैंकको शाखारहित सेवा संख्या ९५ पुगेको छ । शाखारहित बैंकिङबाट बचत तथा भुक्तानी, एटीएम कार्डमार्फत कारोबार, निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत सेवा दिइने बैंकले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)