काठमाडौं । प्रभु क्यापिटलले हरितालिका तीजको अवसरमा नेपाली नारीलाई लक्षित गर्दै विशेष छूट योजना ल्याएको छ । कम्पनीले ‘प्रभु ऐश्वर्या योजना’ सार्वजनिक गर्दै तीजको अवसरमा नारीलाई छूट दिने घोषणा गरेको हो । योजनामा पीएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्कमा शतप्रतिशत छूट दिइने कम्पनीले जानकारी दिएको छ । ‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार’ नारासहित शुरू गरिइको योजना मंगलवारदेखि भदौ मसान्तसम्म लागू हुने कम्पनीको भनाइ छ । सो अवधिभित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने नारीले १ वर्षका लागि वार्षिक सेवा शुल्कमा शतप्रतिशत छूट पाउने कम्पनीले बताएको छ ।