ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकद्वारा ‘लक्ष्मणबाबु जेहेनदार छात्रवृत्ति’ वितरण

२०७९ भदौ, १४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यमिक विद्यालय नक्सालमा कक्षा ८ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई ‘लक्ष्मणबाबु जेहेनदार छात्रवृत्ति’ प्रदान गरेको छ । विभिन्न सातओटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको महत्त्वपूर्ण एक संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित उक्त छात्रवृत्ति उनका छोराको उपस्थितिमा महालक्ष्मी बैंकका संस्थापक एवं मनकामना दर्शन प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठले मण्डललाई हस्तान्तरण गरेका हुन् ।

धनुषाको धवौली स्थायी घर भएका मण्डलको आर्थिक अवस्था कमजोर रहेकाले उनको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले रू. ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जानकारी दिएको छ । कार्यक्रममा राजेशबाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने बताए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त छात्रवृत्तिले विद्यार्थीको शैक्षिक विकासमा टेवा पुग्ने अपेक्षा गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)