काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको रमादा एन्कोर होटेलमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र होटेलबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकको कार्डमार्फत भुक्तानी गर्दा होटेलका सेवामा १५ प्रतिशतसम्म छूट पाइनेछ । सो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबार प्रोत्साहनमा मद्दत पुग्ने बैंकले बताएको छ ।