काठमाडौं । ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै प्रतीतपत्र (एलसी) खोल्न तथा बैंक ग्यारेन्टी गर्न सकिने भएको छ । बैंकले मंगलवारदेखि सो सेवाको शुरुआत गरेको हो । अब ग्राहकले एलसी खोल्न तथा बैंक ग्यारेन्टीका लागि अनलाइनबाटै फारम भर्न सक्ने बैंकले जानकारी दिएको छ । ‘अनलाइनमार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेे लगायतका प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरी सजिलै गर्न सकिनेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनलाइनबाट एलसी तथा बैंक ग्यारेन्टी सेवा शुरू भएपछि त्यसकै लागि बैंक धाउनुपर्ने झन्झट अन्त्य हुने भएको छ । साथै बैंकका कर्मचारी र ग्राहकको समय तथा स्रोतसाधन बचत हुने विश्वास बैंकले लिएको छ ।