काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आईपीओ भर्ने ग्राहकले अब धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्बा शुल्क नलाग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरीदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । नेपाल बैंकले भने अब सी–आस्बा शुल्क नि:शुल्क गर्ने भएको हो । नेपाल बैंकले देशभर २१९ शाखा, १८६ एटीएम र ४९ ओटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
5816