ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमेश्वरको मयूर पार्क : पहिले मयूरको प्रतिमा मात्र अब वास्तविक मयूर

२०७९ भदौ, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिका–५ को बिरुवामा रहेको मयूर पार्कमा अब वास्तविक मयूर देखिने भएका छन् । आइतवार भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर र उपमेयर कमला बस्नेतले पार्कमा मयूरका बच्चा छाडेसँगै यसको अवलोकन गर्न आउने पर्यटक बढ्ने भएका छन् ।

भीमेश्वर नगरपालिका–५ विरुवाकी लक्ष्मी बुढाथोकीले घरमै हुर्काएका मयूरका चारओटा बच्चा मयूर पार्कको उचित वातावरणमा रेखदेख गर्नेगरी छोडिएको भीमेश्वर नगरपालिकाका इञ्जिनीयर राम्जी थापाले जानकारी दिए । यसअघि मयूर पार्क हेर्न आउने पर्यटकले मयूरको प्रतिमा मात्र हेरेर फर्कनुपथ्र्यो । अब भने वास्तविक मयूर देख्न पाउने भएकाले पार्कमा भ्रमण गर्नेहरू बढ्ने अपेक्षा गरिएको छ ।

हाल करीब ५० रोपनी क्षेत्रफलमा फैलिएको मयुर पार्कमा मयूर राख्ने ‘केज’ निर्माण गरिएको छ । साथै पार्कको प्रवेशद्वार, पार्कसम्म पुग्ने सडक, पैदलमार्ग, शौचालय तथा क्याफे सञ्चालनका लागि पूर्वाधारको निर्माण गरिएको छ ।

मयूर पार्कको निर्माण आर्थिक वर्ष २०७६/७७ देखि भएको थियो । पार्क निर्माणका लागि भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०६७/७७ मा १० लाख, २०७७/७८ मा ११ लाख र २०७८–७९ मा १५ लाख विनियोजन गरेको थियो । पार्कको क्षेत्रफल विस्तार गरी १०० रोपनी पुर्‍याउने योजना रहेको भीमेश्वर नगरपालिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)