काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकले बुटवलस्थित मेरो स्टोरमा छूट पाउने भएका छन् । बीओकका ग्राहकलाई उक्त स्टोरमा छूट दिने सम्बन्धमा दुई संस्थाहरूबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीओकेको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा स्टोरले १० प्रतिशत छूट उपलब्ध गराउनेछ ।
मेरो स्टोरले सेवाग्राहीलाई गुणस्तरीय सेवासुविधा प्रदान गर्दै आएको बताइएको छ । यस्तै बीओकेले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।