काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवनको होटेल जंगल क्राउनका सेवाहरूमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र होटेल जंगल क्राउनबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकले होटेलका सेवाहरूमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ । छूट लिनका लागि डिजिटल भुक्तानी गर्नुपर्ने बैंकको भनाइ छ ।