काठमाडौं । मुक्तिनाथ विकास बैंक निक्षेपकर्तालाई लाभदायी ब्याजदर प्रदान गर्ने र २२ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम ५ लाख रुपैयाँ मौज्दात राखेर मुद्दती खाता खोल्ने खातावालले आफ्ना लागि रू. १० लाखसम्मको दुर्घटना बीमा, रू. २ लाखको घातक रोग बीमा र रू. ५० हजारको आवधिक जीवन बीमाका साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले १ वर्षदेखि २ वर्षसम्मको मुद्दती खाता खोल्न सक्ने बैंकले बताएको छ । जति अवधिको मुद्दती खाता खोलियो, त्यति नै समयावधिका लागि बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ । यो योजनाबाट ग्राहकलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।