ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापुच्छ्रे बैंकले ल्यायो ‘एम–स्मार्ट’ बचत खाता

२०७९ भदौ, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं  । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित ‘एम–स्मार्ट’ बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाइल बैंकिङ ‘एप्लिकेसन एम स्मार्ट’बाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा खाता खोल्न बैंकसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्न बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।

बैंकको मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’मा आफैले पासवर्ड रिसेट गर्न, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न, मोबाइल फोनबाटै खाता खोल्न र मोबाइल फोनबाटै कर्जा लिन सकिने सुविधा छ । यस्तै आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरूमा खाता लिंक गर्न सकिने र पानी/बिजुलीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायत सुविधा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)