ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’

२०७९ भदौ, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंक ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेश–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्श एक्विरिङ बिजनेश–२०२२’ बाट सम्मानित भएको छ । बैंक डेबिट कार्ड र ई–कमर्श एक्विरिङ बिजनेशमा सबैभन्दा राम्रो गरेकाले यी अवार्ड पाएको बताइएको छ ।

भिसा इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इन्नोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले अवार्ड ग्रहण गर्दै नबिल बैंकको टिमलाई बधाई दिए । ‘बैंक जहिले पनि नेपालको पहिलो डिजिटल बैंक बन्न अग्रसर रहेको र हाम्रा प्रयासलाई यी अवार्डबाट सम्मान गरेकोमा कृतज्ञता व्यक्त गर्दछु,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)