ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ श्रेष्ठले सम्हाले कार्यभार

२०७९ भदौ, २०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं  । सांग्रिला डेभलपमेन्ट बैंकका पुनर्नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठले आइतवारदेखि नयाँ कार्यकालको जिम्मेवारी सम्हालेका छन् । गत भदौ ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई थप ४ वर्षका लागि सीईओमा नियुक्त गरेको थियो । यसैबीच, बैंकले आइतवारदेखि ‘सांग्रिला कस्टुमर केयर’ सञ्चालनमा ल्याएको छ । ग्राहकका जिज्ञासा, गुनासो र सुझाव लिन उक्त सेवाको शुरुआत गरिएको बैंकले जानकारी दिएको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई आत्मसात् गरिँदै आएको बैंकले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)