काठमाडौं । हिमालयन बैंकले ‘एक्सिलेन्स इन पीओएस एक्विरिङ बिजनेश २०२२’ अवार्ड प्राप्त गरेको छ । भिसाद्वारा हालै आयोजित एक समारोहका बीच प्रमुख अतिथि डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले बैंकलाई उक्त अवार्ड प्रदान गरेकी थिइन् । बैंकले विगतका वर्षदेखि नै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आएको छ ।
हिमालयन बैंकले विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्राण्डहरू एटीएम, पीओएस तथा ई–कमर्श गेटवेमार्फत स्वीकार गर्ने भएकाले स्वदेशी तथा विदेशी ग्राहकलाई भुक्तानीमा सहज भएको बताइएको छ । हाल बैंकले १५३ ओटा एटीएम, ५ हजार ५०० भन्दा बढी पीओएस र करीब ७०० ई–कमर्श मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।