काठमाडौं । नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ २’ अफर ल्याएको छ । सो अफरअन्तर्गत हरेक हप्ता मोबाइल बैंकिङको प्लेटफर्मबाट कम्तीमा दुईओटा फण्ड ट्रान्सफर गर्ने प्रयोगकर्तामध्ये १०२ जनाले १०२ रुपैयाँ क्यासब्याक पाउने बताइएको छ ।
यही भदौ १९ गतेदेखि शुरू भएको उक्त अफर असोज २९ गतेसम्म लागू हुने कम्पनीले बताएको छ । अफर अन्तर्गत आइतवारदेखि शनिवारसम्मको समयावधि कायम प्रयोगकर्तामध्ये लकी ड्रमार्फत विजेता समेत छानिनेछन् । फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फण्ड ट्रान्सफर वा सेन्ट मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस छनोट गर्नुपर्नेछ । मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम भएको कम्पनीको दाबी छ ।