काठमाडौं । कुमारी बैंक लिमिटेड र श्रीकृष्ण पोलिक्लिनिक प्रालिबीच छूट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार रूपन्देहीको देवदह–५ खैरेनीस्थित उक्त पोलिक्लिनिकको सेवाशुल्कमा कुमारी बैंकका ग्राहकले छूट पाउनेछन् । कुमारी बैंकका ग्राहकले सो पोलिक्लिनिकको सेवाशुल्कको भुक्तानी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपीडीमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधि शुल्कहरूमा ५ प्रतिशतसम्म छूट पाउने बताइएको छ । सो सुविधाबाट ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबारमा प्रोत्साहन हुने बैंकको अपेक्षा छ ।