ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई र भण्डारा दुग्ध उत्पादक सहकारीबीच सम्झौता

किसानले सहुलियतपूर्ण कर्जा पाउने

२०७९ भदौ, २०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहँुच बढाउन सम्झौता भएको छ । सम्झौतापत्रमा आइतवार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले चितवनका भण्डारालगायत विभिन्न स्थानमा उन्नत जातका गाई तथा भैंसी पालन गरी दूध तथा दुग्ध पदार्थ उत्पादन गर्ने कृषकलाई सहकारीको सिफारिशमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । यस्तै सहकारी संस्थाले बैंकको सिफारिशमा साना किसानलाई आवश्यक तालीमको व्यवस्था गर्नेछ ।

उक्त अवसरमा ग्लोबल आइएमई बैंकले स्थानीय किसानलाई डिजिटल बैंकिङ सेवाको मूल प्रवाहमा जोड्न वित्तीय साक्षरता सम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो । कार्यक्रममा ३०० भन्दा बढी स्थानीयको उपस्थिति रहेको बैंकले बताएको छ । ग्लोबल आइएमई बैंकले देशभरका २८९ शाखा, २७२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा र ५२ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)