ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु क्यापिटलसहित ६ मर्चेन्ट बैंकरलाई कोष व्यवस्थापकको अनुमति

२०७९ भदौ, २०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडसहित ६ ओटा मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट विशिष्टीकृत लगानी कोष (एसआईएफ)अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमति पाएका छन् । पूँजी तथा वस्तु बजारको नियामक निकाय सेबोनले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम कोष व्यवस्थापकको काम गर्न आइतवार प्रभु क्यापिटलसहित ६ ओटा मर्चेन्ट बैंकरलाई अनुमतिपत्र हस्तान्तरण गरेको हो ।

सेबोनले प्रभु क्यापिटलसहित एनआईबीएल एस क्यापिटल, एनएमबि क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेण्ट क्यापिटल र एनआईसी एशिया क्यापिटललाई उक्त अनुमतिपत्र प्रदान गरेको हो । यसअघि ग्लोबल इक्विटी फन्ड र अवसर इक्विटी फन्डले यस्तो अनुमति पाएका थिए ।

एसआईएफको कोष व्यवस्थापकका लागि पाएको स्वीकृतिसँगै प्रभु क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवा प्रदान गर्ने बाटो खुलेको कम्पनीले बताएको छ । नवीनतम ज्ञान, शीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसाय सञ्चालनमा स्वदेशी तथा वैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड, हेजिङ फण्डजस्ता उपकरणमार्फत स्रोत जुटाउन सघाउ पुग्ने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)