काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)ले चाडपर्वहरूलाई लक्षित गरी आफ्नो डेबिट तथा क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई–कमर्श कारोबारमा क्यासब्याक योजना ल्याएको छ । बैंकका कार्डवाहक ग्राहकले विभिन्न ई–कमर्श प्लेटफर्मबाट सामान तथा सेवा खरीद गरी बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रू. १ हजार ५०० सम्म नगद फिर्ता पाउने बैंकले बताएको छ । बैंकको उक्त अफर बुधवारदेखि शुरू हुनेछ । निर्धारित क्यासब्याक पाउन ग्राहकले योजना अवधिभर ३ वा सोभन्दा धेरै संख्यामा ई–कमर्श कारोबार गर्नुपर्नेछ । साथै कारोबार रकम रू. १० हजार वा सोभन्दा बढी हुनुपर्ने बैंकले बताएको छ ।