ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको २७३औं एटीएम बुटवलको देवीनगरमा

२०७९ भदौ, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । ग्लोबल आइएमई बैंक लिमिटेडको देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  यससँगै बैंकको एटीएम संख्या २७३ पुगेको छ ।  उक्त एटीएम सेवाको मंगलवार बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्री र बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रूपमा गरे ।

सो अवसरमा वडाध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैंकको एटीएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्‍याउने बताए । कार्यक्रममा स्थानीयवासी र बैंकका कर्मचारीको समेत उपस्थिति थियो । ग्लोबल आइएमई बैंकले २८९ शाखा, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)