काठमाडौं । कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा शुरू गरेको छ । उक्त सेवा अन्तर्गत क्यापिटलले प्रचलित कानून अनुसार स्थापना भएका संगठित संस्थाहरूलाई धितोपत्रको प्राथमिक निष्कासन सम्बन्धी परामर्श दिने कम्पनीले जानकारी दिएको छ । ‘धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपूर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक पुनःसंरचना लगायत कार्यमा आवश्यक सम्पूर्ण वित्तीय तथा कानूनी परामर्श सेवा उपलब्ध गराइनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरण गराउने लगायत सेवा दिइने कम्पनीले बताएको छ ।