काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकका लागि विशेष अफर सञ्चालनका लागि प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको हो । आइतवार भएको उक्त सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले गोल्ड्स जिमबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रूपमा सेवा लिँदा सो छूट पाउने प्रभु क्यापिटलले जानकारी दिएको छ । यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट सम्झौताको मितिदेखि तीन महीनासम्म लिन सक्नेछन् ।