ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चरिकोटमा ढल निर्माणको प्रगति सुस्त

२०७९ भदौ, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा निर्माणाधीन ढलको काम सुस्त देखिएको छ । २ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का लगाइएको प्रशोधन केन्द्रसहितको ढल निर्माणको भौतिक प्रगति १ वर्ष बित्दा करीब ३० प्रतिशत मात्र छ ।

शहरी खानेपानी तथा सरसफाइ आयोजना (क्षेत्रगत) अन्तर्गत निर्माणाधीन आयोजनाको भौतिक प्रगति २९ दशमलव ५ र वित्तीय प्रगति ३४ दशमलव ५ प्रतिशत रहेको आयोजनाको कन्सल्टेन्ट बिल्डिङ डिजाइन अथोरिटीका इञ्जिनीयर सन्तोष भुजेलले बताए । मोबिलाइजेशनबापतको रकमले भौतिक प्रगतिभन्दा वित्तीय प्रगति बढी देखिएको उनको भनाइ छ ।

ढल प्रशोधन केन्द्र निर्माणका लागि जग्गा प्राप्ति ढिलो भएको तथा जमीन भिरालो भएकाले काम सुस्त भएको खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना अन्तर्गत डिवास चरिकोटका प्रमुख नवीन शर्मा लामिछानेले बताए । आयोजनामा अब अन्य समस्या नरहेकाले काममा तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको उनको भनाइ छ ।

भीमेश्वर नगरपालिका–३, ४ र ६ मा ढल निर्माण तथा दुई अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माण गर्न ५५ करोड ७३ लाख ८३ हजार ९०८ (भ्याट सहित)मा ठेक्का लगाइएको थियो । उक्त रकममा २४ महीनाभित्र काम सम्पन्न गर्नेगरी ११ जुलाई २०२१ मा जीवाईईसीएल (चिनियाँ कम्पनी)/भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा (बीडीएनटीएस) जेभीसँग सम्झौता भएको थियो ।

सम्झौता अन्तर्गत ठेकेदार कम्पनीले भीमेश्वर नगरपालिका–४ को जिलु तथा वडा नं ६ को रामकोटमा आत्याधुनिक ढल प्रशोधन केन्द्र (पानी प्रशोधन गर्ने प्रयोगशालासहितको) निर्माण, चरिकोट बजारमा ह्युम पाइप बिछ्याउने लगायत काम गर्नुपर्ने हुन्छ । जग्गा प्राप्तिपछि ढल प्रशोधन केन्द्रहरूको काम द्रुत गतिमा भइरहेको ठेकेदार कम्पनी भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाका प्रोजेक्ट म्यानेजर दीपक श्रेष्ठले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)