ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई फिस्टेल ड्रिमपार्कमा छूट

२०७९ भदौ, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले पोखरामा रहेको फिस्टेल ड्रिमपार्कमा छूट पाउने भएका छन् । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकले पोखराकै बाल मनोरञ्जन केन्द्रको रूपमा चिनिएको फिस्टेल ड्रिमपार्कसँग बिहीवार सोसम्बन्धी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ड्रिमपार्कको केबलकार शुल्कमा १० प्रतिशत छूट पाउनेछन् । सम्झौतामा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत  (कामु सीईओ) हरिबहादुर बुढाथोकी र ड्रिमपार्कका अध्यक्ष केदम केसीले हस्ताक्षर गरेका थिए ।

पोखराको पर्यटन विकास तथा बाल मनोरञ्जनका लागि सञ्चालनमा ल्याइएको पार्कको मनोरञ्जन सुविधा प्रयोग गरी बैंकका ग्राहकले पर्यटन विकासमा थप टेवा पुर्‍याउने कामु सीईओ बुढाथोकीको अपेक्षा छ । यस्तै पार्कका अध्यक्ष केसीले पोखरामा व्यवस्थित मनोरञ्जन पार्कको अभाव रहेको बेला आफूहरूले ड्रिम पार्क सञ्चालन गरेको भन्दै ग्रीन डेभलपमेण्ट बैंकसँग सम्झौता गरी ग्राहकलाई सुविधा दिन पाउँदा उत्साहित भएको बताए । बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहुँ र नवलपुरका विभिन्न स्थानमा १६ ओटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)