काठमाडौं । नबिल बैंक र युनिलिभर नेपाल कम्पनीबीच सम्झौता गरिएको छ । च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत, युनिलिभर नेपालका मुख्य वितरक लगायतको उपस्थिति थियो ।
सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरसँगै युनिलिभरले आफ्ना तीन वितरकलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिशपत्र हस्तान्तरण गरेको थियो । सम्झौताको कार्यान्वयनसँगै युनिलिभर नेपालसँग आबद्ध व्यवसायीले च्यानल पार्टनरको रूपमा थप व्यवसाय विस्तार गर्न आकर्षक ब्याजदरमा बैंकका सबै शाखामार्फत कर्जा पाउने बताइएको छ ।