काठमाडौं । एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डको स्वरूप परिवर्तन गरेको छ । स्वरूप परिवर्तन गरेर बजारमा ल्याइएको कार्ड कन्ट्याक्टलेश भएको बैंकले जानकारी दिएको छ ।
नयाँ कार्डको अनावरणसँगै दराजसँग यो वर्षका लागि विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्तालाई छूट दिइने बैंकले बताएको छ । साथै बैंकको सो कार्ड मोको वालेटमा लिंक गरेर पनि कारोबार गर्न सकिनेछ । नयाँ स्वरूपको कार्डको शुरुआत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्तालाई विभिन्न सुविधा थप गर्दै जाने बताए ।