ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट बैंक र दराजबीच सम्झौता

२०७९ भदौ, २६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । एभरेष्ट बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले दराजमार्फत सामान खरीद गर्दा छूट पाउनेछन् । भदौ २९ गतेदेखि दराजबाट किनमेल गर्दा बैंकका ग्राहकले छूट पाउने भएका हुन् । त्यसका लागि बैंकको कार्ड तथा मोबाइल बैंकिङ लगायत डिजिटल माध्यमबाट भुक्तानी गर्नुपर्ने बैंकले बताएको छ ।

दराज अनलाइनमार्फत सामान खरीदमा ग्राहकले डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म छूट पाउनेछन् । यस्तै क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छूट पाउन सकिनेछ । एभरेष्ट बैंकले हाल ११८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटीएममार्फत कारोबार गर्दै आएको छ । बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एसएमएस बैंकिङको पनि सुविधा दिँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)