ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फर्निचर तथा फर्निसिङ एक्स्पो सकिन एक दिन बाँकी,  यस्ता छन् प्रदर्शनीमा पाईने फर्निचर [फोटो फिचर]

२०७९ भदौ, २६  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

भदौ २६, काठमाडौं। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित  एक्स्पो  नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पोको  आईतबार चौंथो दिन हो ।  

फर्निचर तथा फर्निसिङका सामानमा  आयातित उत्पादनलाई प्रतिस्थापन गर्ने तथा स्वदेशी उत्पादनलाई  टेवा पुर्‍याउने अपेक्षा सहित एक्सपोको आयोजना  गरिएको हो । आयोजकका खनुसार हाल सम्म ६० हजार दर्शकले एक्पो भजिट गरिसकेका छन् । एक्स्पोमा न्यूनतम् १२ हजार देखी ५ लाख बढी मूल्य सम्मका फर्निसिङका समाग्री प्रर्दशनीमा राखिएका छन् । 

एक्स्पोमा किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट,  पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहका छन्। 

चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु समेत  सञ्चालन गरिएको छ। प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराएका छन्। यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

१०० भन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्स्पो अवलोकनका लागि प्रवेश निशुल्क गरिएको छ। अवलोकनकर्ताले निशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ। साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ।  हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म प्रवेशद्वार  अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुल्ला गरिएको  एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ।

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ। 
 दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ। संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला “फर्नेक्स नेपाल” को आयोजना गर्दै आएको छ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)