ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवराजबहादुर सिंह जेहेनदार छात्रवृत्ति वितरण

२०७९ भदौ, २७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यमिक विद्यालय धनगढी, कैलालीमा कक्षा ९ मा अध्यनरत छात्रा हीरा जोशीलाई नवराजबहादुर सिंह जेहेनदार छात्रवृत्ति प्रदान गरेको छ । सातओटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्त्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराजबहादुर सिंहको स्मृतिमा स्थापित नवराज बहादुर सिंह जेहेनदार छात्रवृत्ति धनगढी शाखाका शाखा प्रमुख झंकारबहादुर कडायतले जोशीलाई प्रदान गरेका हुन् ।

अध्यनमा उत्कृष्ट, तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले जोशीको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले रू. ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले बताएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष प्रेम बीसीले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने बताए । विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले उक्त छात्रवृत्तिले शैक्षिक विकासमा टेवा पुग्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)