काठमाडौं । नेपाल एसबिआई बैंक र रत्न होटेल विराटनगरबीच सहकार्य हुने भएको छ । बैंकका भिसा डेबिट कार्ड भएका ग्राहकलाई होटेलमा छूट दिने गरी दुई संस्थाले सहकार्य गर्ने भएका हुन् । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।
सम्झौतापत्रमा बैंकका प्रदेश १ प्रमुख उमेशबहादुर कार्की र होटेलका निर्देशक रेवतबहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार होटेलका विभिन्न सेवाको भुक्तानी बैंकको कार्डबाट गर्दा ग्राहकले निश्चित प्रतिशत छूट पाउने छन् ।