काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा अन्तर्गत लगानी गरेका कृषि कर्जाको सुरक्षण सम्बन्धी सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेको रू. ३ करोडसम्मको कृषि कर्जाको सुरक्षण कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । सम्झौतापछि कृषि कर्जा प्रवाहको जोखिम न्यूनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने अपेक्षा बैंकले गरेको छ ।
सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषका नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकका उपमहाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणि अधिकारी, बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविनकुमार दाहाल र बजारीकरण विभागका गणेश सुवेदीको उपस्थिति थियो ।