ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकद्वारा एकैदिन ८ नयाँ शाखा सञ्चालनमा

२०७९ भदौ, २८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं । नबिल बैंकले आइतवार ८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुंगा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा र भण्डारामा शाखा सञ्चालनमा ल्याएको हो ।

उपत्यकाभित्रका शाखाहरू सम्बन्धित स्थानीय तहका प्रमुख र बैंकका उच्चपदस्थ कर्मचारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुसार शाखा सञ्जाल विस्तार गरिएको बैंकले बताएको छ । नयाँ बजारहरूमा आफ्नो उपस्थिति बढाई स्थानीय बासिन्दा, व्यापारी र आम ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ । आइतवार थपिएका ८ सहित बैंकको शाखा संख्या २३३ पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)