काठमाडौं । एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच सम्झौता गरिएको छ । तालीम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा यी दुई संस्थाले सम्झौता गरेका हुन् ।
सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालीम दिनेछ । पञ्जाब नेशनल बैंक साझेदार रहेको एभरेष्ट बैंकले स्थापना कालदेखि ग्राहकलाई गुणस्तरीय सेवा दिँदै आएको बताइएको छ ।