ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऐतिहासिक ढुङ्गे धाराको जीर्णाेद्धार

२०७९ असोज, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखामा रहेको ऐतिहासिक ढुङ्गे धारा राइतीको जीर्णोद्धार सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको अनुदान तथा स्थानीय सहभागितामा ऐतिहासिक ढुङ्गे धाराको जीर्णोद्धार गरिएको हो ।

बागमती सरकार खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत खानेपानी महाशाखामार्फत प्राप्त ५० लाख र स्थानीयबाट ५ लाख रुपैयाँ बराबरको श्रमदानमा जीर्णोद्धारको काम सम्पन्न भएको खानेपानी उपभोक्ता तथा सरसफाइ समिति भीमेश्वर नगरपालिका–२ का अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

किरातकालमा स्थापना गरिएको मानिने उक्त ढुङ्गे धाराको दीर्घकालीन संरक्षणका लागि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले प्राचीन ढुङ्गे धारा संरक्षण समिति गठन गरेको छ । साथै नियमित सरसफाइका लागि २ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको श्रेष्ठले बताए ।

राइतीमा रहेका तीन ढुङ्गे धारामध्ये बीचमा ठूलो धारा छ । दुईओटा धारा मकर आकारका छन् । धाराको विभिन्न भागमा वराह, हनुमान्, कृष्ण र नरसिंह नारायणका प्राचीन मूर्ति छन् । सरस्वतीको मूर्ति भने हराएकाले नयाँ निर्माण गरिएको छ । साथै झिंगटीले छाएको आकर्षक पाटी पनि प्राचीन शैलीमा निर्माण गरिएको छ । दोलखामा रहेका ऐतिहासिक अन्य ढुङ्गे धाराको पनि जीर्णोद्धारको काम शुरू भएको दोलखाका सामाजिक अगुवा अनिल श्रेष्ठले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)