ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘एनएमबि बजार’ सञ्चालन हुँदै

२०७९ असोज, ५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबि बैंकले स्वदेशी शीप र उत्पादन प्रवद्र्धनका लागि ‘एनएमबि बजार’ सञ्चालन गर्ने भएको छ । बैंकले स्वदेशी शीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुनेगरी उक्त बजार सञ्चालन लागेको हो । यस्तो बजार नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक सञ्चालन गर्न लागिएको बैंकले बताएको छ ।

बैंकले दशैं र तिहारलाई लक्षित गर्दै उक्त बजार सञ्चालन गर्न लागेको हो । बजारमा ६० भन्दा बढी स्टल रहनेछन् । बैंकले आफ्ना ग्राहक वर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनको बजार प्रवर्द्धनमा समेत सघाउन लागिएको बताएको छ । बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, हस्तकला, साबुन, डिटरजेन्ट पाउडर, झोला लगायत सामान क्यूआर स्क्यान/पोस मार्फत सहुलियत मूल्यमा किन्न सकिनेछ । बजार यही असोज ८ गते (शनिवार) सानेपामा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)