काठमाडौं । एनएमबि बैंकका दुई नायब महाप्रबन्धकहरू नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा बढुवा भएका छन् । नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरे उक्त पदमा बढुवा भएको बैंकले जानकारी दिएको छ । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो, जुन असोज ११ गतेदेखि लागू हुनेछ ।