काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दशैंको अवसरमा ग्राहकलाई लक्षित गर्दै ‘दशैंको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको उक्त अफर शनिवार (असोज ८ गते)देखि लागू भएको छ ।
यस योजना अन्तर्गत ग्राहकले असोज १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम रू. २००० क्यासब्याक पाउन सक्ने बताइएको छ । उक्त योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल देशभर १९० ओटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११८ शाखारहित इकाइ, १ हजार ७०० भन्दा बढी पीओएस मेशिन र २० हजार भन्दा बढी क्यूआर मर्चेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।