काठमाडौं । एनआईसी एशिया बैंकले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अनुसार सो बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले बताएको छ ।
विश्वका विभिन्न देशबाट स्वदेशमा पठाएको रेमिट्यान्समा लागू हुने उक्त योजना असोज १ गतेदेखि शुरू भइसकेको छ, जुन कात्तिक ३० सम्म जारी रहने बैंकले बताएको छ । विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणास्वरूप रू. ३०० प्रदान गर्ने व्यवस्था छ ।
एनआईसी एशिया बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ ओटा विस्तारित काउन्टर र ८१ ओटा शाखारहित इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।