काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दाहाल मनोनीत भएका हुन् ।
नवनियुक्त सञ्चालक सदस्य दाहालसँग सरकारी सेवाको लामो अनुभव छ । हाल उनी अर्थ मन्त्रालय, वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दाहाललाई बैंक सञ्चालक समितिको ९८३ औं बैठकका अध्यक्ष डा. राजेन्द्रप्रसाद मिश्रले शपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरू डा. इन्दिरा श्रेष्ठ मास्के, सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागार्इं, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति थियो ।