काठमाडौं । असोज ९ गतेदेखि चार पाङ्ग्रे सवारीसाधनलाई न्यूरोड प्रवेशमा रोक लगाउने भनिएपनि आइतवार मध्यान्हसम्म सबैखाले सवारी साधन निर्वाध प्रवेश गराइएको छ ।
काठमाडौं महानगरले चार पाङ्ग्रे सवारीलाई खुल्ला मञ्चमा पार्किङको व्यवस्था गरेको छ। तर सोचेजस्तो भीडभाड नभएकाले अहिलेसम्म चार पाङ्ग्रे सवारीलाई रोक्नु नपरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
दशैंको समयमा न्यूरोड, असन लगायतका बजार क्षेत्रमा मानिसको भीडभाड बढी हुने भएकाले महानगरले सवारीसाधनलाई खुल्ला मञ्चमा पार्किङ गराउने निर्णय गरेको थियो ।
फोटो : सुनिल शर्मा / आर्थिक अभियान