ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी क्यापिटलद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

२०७९ असोज, १०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानून व्यवसायीका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । असोज ७ गते काठमाडौंमा भएको कार्यक्रममा इक्विटी पोर्टफोलियो व्यवस्थापन, शेयर बजारबाट सम्पत्ति निर्माण लगायत विषयमा जानकारी दिइएको कम्पनीले बताएको छ । कार्यक्रममा कम्पनीका इन्भेष्टमेण्ट बैंकिङ विभागबाट ममिन शाक्य, सौगात पन्त र विभव बस्यालले शेयर बजारमा लगानी विविधीकरण, शेयर बजारलाई असर पार्ने घटकहरू र लगानी व्यवस्थापन तरीका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ५० भन्दा बढी वकिल र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यको उपस्थिति रहेको कम्पनीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)