सुर्खेत । नबिल बैंकले सुर्खेतको वराहताल गाउँपालिका–२, रानीघाटमा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी र नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले शाखारहित बैंकिङ सेवाको संयुक्त रूपमा प्रारम्भ गरेका हुन् । सो अवसरमा शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोजकुमार थापालाई बीएलबी मेसिन र प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भण्डारीले शाखारहित बैंकिङ सेवाले स्थानीयलाई बैंकिङ सेवा लिन सहज हुने बताए । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउन लागिपरेको बताए ।
बैंकको शाखारहित बैंकिङ सेवामार्फत खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, खातामा रहेको रकमको सोधपुछका साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न, किस्ता रकम जम्मा गर्न र विभिन्न सेवाहरूको भुक्तानी गर्न सकिनेछ ।