काठमाडौं । ललितपुर कुपण्डोलमा दुर्गा माताकाे मूर्तिहरू तयार पार्दै एक मुर्तिकार । दशैं मा दुर्गा भगवतिकाे पूजा अर्चना गरिन्छ। अचेल शहर बजारमा ठूला मूर्तिहरू राखेर पूजा गर्ने चलन बढेकाे छ ।
सर्लाहीका बिकाउ पण्डित लगभग १० वर्ष देखि सोही स्थानमा मूर्ति बनाउँदै आएका छन् । लगभग ५-६ महिनामा मूर्ति तयार हुन्छ । यो वर्ष पण्डितले करीव १० हजारदेखि ७० हजार रुपैयाँसम्मका दुर्गा मूर्ति बनाएका छन् । उनले बनाएका मूर्तिहरू घटस्थापनाको दिन बिशाल बजार, जोरपाटी लगायतका ठाउँमा राखिएको छ ।
फोटो : सुनिल शर्मा / आर्थिक अभियान