काठमाडौं । कामना सेवा विकास बैंकले चाडपर्व अफर ल्याएको छ । बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई लक्षित गरी छूट योजना ल्याएको हो । योजनाअनुसार फोनपे क्यूआर ग्राहकलाई डिजिटल भुक्तानीमार्फत आकर्षक छूट प्रदान गरिने बैंकले बताएको छ । यो योजना आइतवारदेखि नै लागू भइसकेको छ ।
‘यस चाडपर्व जीवन सजिलो बनाऔं, नगद छोडौं फोनपे गरौं’ नाराका साथ क्यूआर ग्राहकले क्यूआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँसम्म छूट प्राप्त गर्न सक्नेछन् । साथै फोनपेबाट क्यूआर आईबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक दिन १ लाख जित्न सक्ने बैंकले बताएको छ । यस्तै फोनपे क्यूआरबाट भुक्तानी लिँदा व्यवसायीले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । ग्राहकले लक्की ड्रमा सहभागी हुन क्यूआर अफर एपमा गई ‘फेस्टिभ च्यालेन्ज एसेप्ट’ गर्नुपर्नेछ ।