काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसीबोका र च्यांग्राको विक्री शुरु गरेपछि काठमाडौंको थापाथलीस्थित कम्पनीको विक्री केन्द्रमा ग्राहकको चहलपहल देखिएको छ । कम्पनीले बुधवार (आज)बाट काठमाडाैंकाे थापाथलीस्थित विक्री केन्द्रमा सहुलियत दरमा जिउँदो खसीबोका र च्यांग्रा विक्री शुरु गरेपछि खसीबोका र च्यांग्रा किन्नेकाे चहलपहल शुरु भएकाे हाे ।
कम्पनीले जिउँदो च्यांग्राको मूल्य छूटसहित प्रतिकिलो रू. १ हजार २५० र खसीबोकाको मूल्य प्रतिकिलो प्रतिकिलो रू. ६७० तोकेकाे छ । कम्पनीका अनुसार खसीबाेका र च्यांग्रामा प्रतिकिलो रू. १०/१० छूट दिएकाे छ ।
कम्पनीले दार्चुलाबाट २०६ ओटा च्यांग्रा ल्याएको जनाएको छ । कम्पनीले यसपटक ३ हजार ओटा खसीबोका किन्ने लक्ष्य राखेकोमा अहिले करीब २ हजार ४०० को खरीद प्रक्रिया पूरा भएको जानकारी दिएको छ । आवश्यक परे थप खसीबोका र च्यांग्रा खरिद गर्ने कम्पनीले जनाएको छ ।